सत्सङ्ग अनुष्ठानको आज तेश्रो दिन दुई लाख संकलन

निरन्तर न्यूज
४ फाल्गुन २०७६, आईतवार १८:४६

हेटौडा । हेटाैँडा उपमहानगर पालिका १७ नम्वर वडामा रहेको सालक पार्कको स्थर उन्नतीको लागी सुरु भएको १००८ स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग अनुष्ठानको आज तेश्रो दिन दुई लाख संकलन भएको छ ।

बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले फागुन २ गते उद्घाटन गरेको यस सप्ताह ज्ञान महायज्ञ मा बिभिन्न दानविर हरुले सहयोग गर्ने क्रमले तिब्रता पाएको छ । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समुह द्धारा निर्मित सालक पार्कको स्थर उन्नतीको लागि आयोजना गरिएको यस सप्ताह ज्ञान महायज्ञमा भक्तजनहरुको भिड लाग्न थालेको आयोजक समितीका प्रचार प्रसार संयोजक नवराज न्यौपानेले बताउनु भयो ।

‘महाशिवरात्री’ तथा ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसर पारी आध्यात्मिक चिन्तनद्वारा राष्ट्र शान्ति, लोक कल्याण, समस्त जीवात्महरुको सुख, शान्ति एवं सम्पूर्ण ज्ञात–अज्ञात आत्माहरुको मोक्ष प्राप्तिको हेतु विश्वकै लोपोन्मूख सूचिमा सूचिकृत सालकको संरक्षणार्थ निर्मित ‘सालक पार्क’ को प्रचार–प्रसार, संरक्षण, विकास एवं दिव्य पाशुपात धाम ज्योतिर्लिङ्ग स्थापनाको उद्देश्य राखी यही २०७६ साल फाल्गुण १० गतेसम्म अमृतमय १००८ स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग अनुष्ठान–२०७६ को आयोजना गरिएको यस सप्ताहमा भक्तजन हरुको उलेख्य सहभागिता सहित दानबिरहरुले सहयोग गर्ने क्रम आज तेश्रो दिनमा बृद्धी भएको प्रचार प्रसार समितीका संयोजक नबराज न्यौपानेले बताउनु भयो ।

वन समूहका अध्यक्ष अर्जुन दाहालको संयोजकत्वमा आयोजित १००८ स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सङ्ग अनुष्ठान को आज तेश्रो दिन दुइ लाख संकलन भएको छ । आज इन्दिरा अगस्तीले तिस हजार बराबरको तुलादान गर्न भयो भने चुच्चेखोला सामुदायिक वन उपभोक्ता समुहका संस्थापक अध्यक्ष रुद्रनाथ न्यौपानेले एकलाख एकहजार एक सय आठ रुपैया दान गर्नु भएको थियो । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समुहले सालक पार्क को स्थर उन्नतीको लागी आयोजना गरेको यस सप्ताहमा दान गर्न पाउदा निक्कै खुशी लागेको संस्थापक अध्यक्ष न्यौपानेको भनाई रहेको थियो ।

यस्तै समाजसावी हरी गौतम वानिया निर्माण सेवाका नबराज खतिवडा ले पाच हजार एक सय आठ रुपैया दान गर्नु भएको यस सप्ताहको तेश्रो दिन दुई लाख बराबर संकलन गरिएको दिपक थापा क्षेत्री ले जानकारी दिनु भयो ।

राष्ट्रिय विभूषित नारीरत्न विदुषी सूश्री अनुराधा शास्त्रीजीको कथा बाचन र देशव्यापी १०८ श्रीमद्भागवत सत्सङ्कल्प अभियानकर्ता मुमुक्षु उद्धव शर्माको ६६ संस्करणस्वरुप चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले यस अनुष्ठान आयोजना गरेको हो । यस सप्ताह ज्ञान महायज्ञमा दैनिक दानविर हरुको सहयोग प्राप्त हुने कार्य बड्दै गैरहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*