राजपासँग चाँढै पार्टी एकता : अध्यक्ष यदव
बिराटनगर । राष्टृय जनता पार्टीसँग पार्टी एकता भएरै छाड्ने सम्माजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् ।
शनिबार बिराटनगरमा सम्पन्न मोरङ जिल्लास्तरीय विसु अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पार्टी एकताको निम्ति पहल दुवै तर्फबाट जारी रहेको खुलासा गरे ।
उनले आफ्नो पार्टी अमेरिकी सहयोग कार्यक्रम एमसीसीको विरुद्धमा नरहेको जिकिर गर्दै सरकार र नेकपाभित्रै एमसीसीबारे समस्या देखिएको स्पष्ट पारे । यादवले भने -‘एमसीसीको बारेमा प्रष्ट पार्ने र सबैको राय मिलाउने काम सरकारको हो । सरकारले संसदमा प्रस्तुत गर्न सक्छ वा सक्दैन त्यो सरकारको क्षमताको कुरा हो ।’
विसु अभियानको उद्देश्य पार्टी विस्तार, सुदृढ र सुदृढीकरण गर्नु रहेको भान्दै अध्यक्ष यादवले यो अभियानले कार्यकर्ताहरुको कार्यक्षमता वृद्धि गर्ने दावी गरे ।प्रशिक्षणका सहभागीहरुतर्फ लक्षित गर्दै उनले विधि प्रकृयामा नचल्ने संगठन र कार्यकर्तालाई विधि र प्रकृयामा ल्याउने र पार्टी अनुशासनमा आबद्ध गर्न पनि विसु अभियान ल्याइएको सुझाए ।
संविधान संशोधनको प्रस्ताव आफूहरु सरकारमा हुँदा नै लैजान सफल भएको भन्दै यादवले प्रधानमन्त्री ओली र नेकपाले संशोधन प्रस्ताव अस्वीकार गरेकै कारण सरकार छाडिएको जानकारी दिए ।
सङ्घीयता भनेको १४ अन्चलबाट ७ अन्चलमा मुलुकलाई रूपान्तरण गर्नुमात्रै होइन भन्दै उनले पहिचान र सामर्थ्यका आधारमा
नेकपा र कांग्रेसबाट मुलुकको समृद्धि र सुसाशन सम्भव नहुने ठोकुवा गर्दै यादवले भने -‘उनीहरु आफ्नै सैद्धान्तिक धरातलबाट च्युत भैसकेका छन् । अब उनीहरुले सामाजिक, आर्थिक, राजनीतिक लोकतन्त्रको विकास गर्न असम्भव छ ।’
मुलुकमा जातीय, लैंगिक र वर्गीय विभेद र शोषण कायम राखेर समाजवादमा पुग्न नसकिने उनको भनाइ थियो ।