सालक पार्ककाे विकासकाेलागि सप्ताह ज्ञान महायज्ञ
हेटौंडा । मूख्यमन्त्री पौडेलले उद्घाटन गर्नुभएकाे हेटौंडा उपमहानगरपालिका–१७ मा शुक्रबारबाट शुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ जारी रहेकाे छ ।
सालक पार्कको विकासका लागि शुरु गरिएकाे महायज्ञ काे नारी रत्न विदुषी अनुराधा शास्त्रीले कथावाचन गरिरहेकी छिन् ।
महाशिव रात्री र नेपाल भ्रमण वर्ष २०२० को अवसर पारी आध्यात्मिक चिन्तनद्वरा राष्ट्र, शान्ति, लोक कल्याण र विश्वकै लापोन्मुख सुचिमा परेको सालकको संरक्षण र पार्कको विकासको लागि महायज्ञ हुन लागेको आयोजकले जानकारी दिएको छ ।
महायज्ञबाट करिब १ करोड संकलन हुने र करिब १५ लाख रुपैँया खर्च हुने अनुमान गरेको मूल समारोह समितिका संयोजक अर्जुनप्रसाद दाहालले बताए । सप्ताह फागुन १० गतेसम्म संचालन हुनेछ ।