अदालतमा बम विस्फोट : ३ वकिल घाइते
नयाँदिल्ली । भारतको लखनउको अदालत परिसरमा बिहीबार बम विस्फोट भएको छ । विस्फोटका क्रममा धेरै वकिलहरु घाइते भएको डीएनए इन्डियाले जनाएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार ३ वकिल घाइते भएका छन् । प्रारम्भिक सूचनाअनुसार ‘क्रुड बम’विस्फोट गराइएको हो । त्यस्तै थप तीन बम निस्क्रिय पारिएको बताइएको छ ।
उक्त विस्फोट वकिलसँग विवाद भएपछि गराइएको हुनसक्ने बताइएको छ । इकोनमिक टाइम्सका अनुसार लखनउ बार एसोसियसनका उपसचिव सन्जिव लोधीलाई निशाना बनाइएको दाबी गरिएको छ ।
प्रहरी घटनास्थलमा पुगिसकेको छ । थप विवरण आउन बाँकी छ ।