कुवेतमा विस्फोटसँगै पहिरो जाँदा ४ नेपालीको मृत्यु, ६ जना बेपत्ता

निरन्तर न्यूज
१ फाल्गुन २०७६, बिहीबार १०:५०

काठमाडौं । कुवेतको एक खानीमा बम पड्काएर ढुंगा फुटाउने क्रममा पहिरो खस्दा ४ नेपाली श्रमिकको मृत्यु भएको छ ।

कुवेतस्थित अलमुतलायामा रहेको ढुंगारबालुवा खानीमा काम गरिरहेको बेला ढुंगा फुटाउन विस्फोट गराइएको थियो । विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको अरब टाइम्सले जनाएको छ।

मृत्यु हुनेमा ४ नेपाली रहेको भनिएपनि अझै धेरै संख्यामा हुनसक्ने आशंका गरिएको छ । पहिरोमा पुरिएकामध्ये सात जनालाई बाहिर निकालिएको छ ।

जसमध्ये ४ नेपालीको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् । घाइतेको स्थानीय जहान अस्पतालमा उपचार भइरहेको छ।

पहिरोमा १३ नेपाली र एक भारतीय नागरिक परेको आशंका गरिएको थियो । उनीहरु ढुंगा र बालुवाको थुप्रोमा पुरिएको अरब टाइम्सले जनाएको छ।

उद्धारकर्र्ताहरुले बेपत्ताहरुको खोजी जारी राखेको बताएका छन् । घटनामा परी ज्यान गुमाउने तथा घाइते हुनेहरुको परिचय भने खुलेको छैन ।श्रोत नेपाल समय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*