बसको ठक्करबाट नायिका महिमा र उनकी बहिनीको मृत्यु

निरन्तर न्यूज
१ फाल्गुन २०७६, बिहीबार १०:२६

काठमाडौं । बसको ठक्करबाट नायिका महिमा सिलवालको मृत्यु भएको छ ।

महिमा र उनकी बहिनी सवार स्कूटरलाई धादिङको गजुरीमा बसले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो।

स्कूटको पछाडी बसेकी उनकी बहिनी शर्मीला सिलवालको पनि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङका डीएसपी खगेन्द्रबहादुर खड्काले  जानकारी दिए ।

बुधबार बेलुका भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा महिमा र उनकी बहिनी सवार बा ९८ प ७०५८ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट महिमाको घटनास्थलमै र उनकी बहिनी शर्मीला सिलवालको उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको डीएसपी खड्काले बताए ।

ठक्कर दिने बस भैरहवाबाट काठमाडौं आउँदै गरेको थियो भने नायिका महिमाको दिदी बहिनी काठमाडौंबाट चितवनस्थित आफ्नो घरतर्फ जाँदै थिए ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले कारवाही, अप्रिल फुलु, चियर्सु, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*