बागमती प्रदेशमा नेकपाभित्र विवादः मन्त्री वन्न लागेका रामेश्वर फुयाँलको सपथ रोकियो

निरन्तर न्यूज
२९ माघ २०७६, बुधबार १६:४३

हेटौंडा । बागमती प्रदेशमा प्रदेश सरकार र नेकपा पार्टी विचको विवादका कारण आज एक जना मन्त्रीको सपथ ग्रहणनै रोकिएको छ । पार्टीभित्रको एक पक्ष प्रदेशसभाका प्रमुख सचेतक रामेश्वर फुयाललाई भौतिक पुर्वाधार मन्त्री वन्न नदिने र प्रदेश सरकारका मुख्यमन्त्री लगाएतका नेताहरु फुयाललाई भौतिक पूर्वाधार मन्त्री वनाउन लागेपछी विवाद उत्पन्न भएको थियो ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त हुने निश्चत हुनु भएका रामेश्वर फूयालको आज दिउसो हुने भनिएको सपथ ग्रहण रोकिएका हो । फुयाललाई हिजोनै मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री वनाउने टुङ्गो लगाउनु भएको थियो ।

प्रदेशसभामा नेकपाको प्रमुख सचेतक समेत रहनुभएका फुयाल भौतिक पूर्वाधार मन्त्रीको नियुक्ती पत्र समेत तयार भइसकेको थियो । तर, मुख्यमन्त्री पौडेलले नियुक्तिमा सहि गर्न भने बाकी रहेको अवस्थामा तत्काल मन्त्री फुयाललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको मन्त्री वनाउन नसकिएको हो ।

मुख्यमन्त्री पौडेलले समाल्दै आउनुभएको भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्रीलाई नियुक्ति दिने र लगतै प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराउने कार्यक्रम तय भएको थियो । तर, मुख्यमन्त्रीलाई नेकपाका केन्द्रीय अध्यक्ष देखि लिएर अरु केन्द्रीय नेताहरु समेतले तत्काल मन्त्री नियुक्ती नगर्नु भनेर फोन गरेपछी फुयालको नियुक्ति र सपथ रोकिएको प्रदेशका एक जना मन्त्रीले वताएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रीको सपथ ग्रहणका लागि मौखिक रुपमा तयारी रहनु भनेर हिजै जानकारी आएपनि आज भने फेरी तत्काल सपथ नहुने भयो भनेर जानकारी आएको प्रदेश प्रमुख कार्यालयका कर्मचारीले वताएका छन् । हिजोको छलफलमा प्रदेशका अहिलेका सामाजिक विकास मन्त्री युवराज दुलाल भौतिक पूर्वाधार मन्त्री वन्ने र फुयाल सामाजिक विकास मन्त्री वन्ने चर्चा चलेको थियो । तर, मुख्यमन्त्री पौडेलले मन्त्रालय फेरवदल गर्न नदिने भनेपछी फुयाललाई नै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिन लागिएको थियो । तर, केन्द्रीय नेताहरुको दवावका कारण हुन लागेको सपथग्रहण पनि रोकिएको छ । श्राेत : जनपत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*