नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

निरन्तर न्यूज
२८ माघ २०७६, मंगलवार १७:५७

काठमाडौं ।  मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त  गरेकाे छ ।

ज्ञवालीलाई प्रहरीको २७ औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।

आईजीपीको दौडमा रहेका डीआईजीद्वय तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायलाई ज्ञवालीले पछि पारेका हुन्।

यस अघि उनी प्रदेश नम्वर १ को प्रहरी प्रमुख रहेका थिए। वर्तमान आइजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अवकास पाएका छन्।

३० वर्षे सेवा अवधिका कारण ज्ञवालीले ५ महिना प्रहरीको नेतृत्व सम्हाल्ने छन्। उनी २०४७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*