दुई टुक्रा पारिएको अवस्थामा १ महिलाको शव फेला

निरन्तर न्यूज
२८ माघ २०७६, मंगलवार १५:३२

पोखरा। पोखराको तेह्र आर्बामा दुई टुक्रा पारिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । आर्बा साझा बस्ती नजिकैको जङ्गलमा सोमबार साझ अन्दाजी ४० बर्षीया महिलाको शव दुई टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिएका छन् । स्थानीयले सामुदायिक जङ्गलमा दाउरा काट्ने क्रममा दुर्गन्ध आएपछि झरेर हेर्ने क्रममा शरीरको खुट्टा तर्फको आधा भाग जमिनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयवासीको खबर पश्चात दुर्घटनास्थलमा पुगेको प्रहरी टोलीले उक्त स्थानको करिब ३५-४० मिटर तल बोरामा बाधेर फालेको अवस्थामा टाउको तर्फको आधा भाग फेला पारेको इन्स्पेक्टर थापाले बताए ।

शवको प्रकृति हेर्दा करिव ४–५ दिन अगाडि घटना घटाएको हुन् सक्ने देखिएको उनले जनाए । शवको पहिचान अझै खुल्न सकेको छैन । शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*