गोठमा सुतेका पण्डितको हथौडाले हानेर हत्या

निरन्तर न्यूज
२८ माघ २०७६, मंगलवार १२:४०

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका–३ पर्सा गाउँका एक बृद्धको हत्या भएको छ ।

सोमबार राति ७० वर्षीय फेकन पण्डितको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार उनको मुखमा हथौडा प्रहार गरेर हत्या गरिएको छ । हत्या गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नवीन कार्कीले बताए ।

पण्डित राति खाना खाएर घरबाट एक किलोमिटर टाढा गोठमा सुत्न गएका थिए । बिहान परिवारका सदस्य पुग्दा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको छ ।श्रोत नयाँ पेज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*