बजाजको सुबिधा सम्पन्न शोरुमको हेटौंडामा उद्घाटन

निरन्तर न्यूज
२८ माघ २०७६, मंगलवार ०७:०६

हेटौंडा । हेटौँडा १० मा रहेको बजाज मोटरसाइकलको अत्याअत्याधुनिक स्तरको शोरुम उद्घाटन गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले संयुक्तरुपमा शोरुमको उद्घाटन गरेका हुन् ।

बजाजको आधिकारिक विक्रेताको रुपमा रहेको होराईजन अटो प्रालिले १४ वर्षअघिदेखि सञ्चालन गर्दै आइरहेको ओशोरुमको संरचना परिवर्तन गरेर भव्य तथा अत्याधुनिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो ।

शोरुमबाट मोटरसाइकल बिक्री गर्ने मात्र नभई मर्मत सम्भार र स्पेयर पार्टसको सुविधा समेत प्रदान हुने प्रालिका सञ्चालक लालकाजी बज्रचार्यले बताए ।

उनले झण्डै १४ वर्षको व्यवसाय यात्रामा राती मात्र नभई सेवाग्राहीको घरघरमा पुगेर समेत सेवा प्रदान गरेको बताए । सो कार्यलाई आगामी दिनहरुमा समेत गरिने प्रतिवद्धता जाहेर गरे । होराइजनले आफ्ना उत्कृष्ट कर्मचारीको रुपमा आनन्द लामिछाने र रविना श्रेष्ठलाई सम्मान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*