प्रहरी निरीक्षक भण्डारी प्रदेशको उत्कृष्ट प्रहरी घोषित

निरन्तर न्यूज
२८ माघ २०७६, मंगलवार ०६:४३

हेटौंडा । वडा प्रहरी कार्यालय हेटौंडामा कार्यरत प्रहरी निरीक्षक इश्वरी प्रसाद भण्डारी उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले घोषणा गरेको माघ महिनाको उत्कृष्ट प्रहरीमा निरीक्षक भण्डारी रहेका छन। भण्डारीेले माघ १६ गते २ राउन्ड गोली प्रहार गरी गाँजा तस्कर पक्राउ गरेको र लागूऔषध कारोबार र ओसारपसार नियन्त्रणमा उत्कृष्ट कामगरेका थिए ।

त्यस्तै आम जनताको गुनासोलाई प्रभावकारी ढङ्गबाट समाधान गर्न सफल रहेको भन्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी निरीक्षक भण्डारीलाई माघ महिनाको प्रदेशभरिबाट उत्कृष्ट प्रहरी घोषणा गरी प्रमाणपत्रले सम्मान गरेको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतद्वारा जारी पत्रमा उत्कृष्ट कार्य बापत उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।

निरीक्षक भण्डारीले माघ ४ गते हेटौंडा ५ क्याम्पाडाँडा नजिक हत्या गरेर फालेको अवस्थामा भेटिएकी तेस्रो लिङ्गी अजिता भुजेलको हत्यारा पत्ता लगाउन सफल भएक थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*