त्रिभुवन विमानस्थलमा जेब्रा झोलाभित्रै शिशुको शव भेटिएपछि…

निरन्तर न्यूज
२७ माघ २०७६, सोमबार १५:०२

काठमाडौं । त्रिभुवन विमानस्थलमा जेब्रा झोलाभित्र शिशुको शव फेला परेको छ । विमानस्थलको गोल्डेन गेट नजिकको झाडीमा जेब्रा झोलाभित्र हालेर फालिएको शिशुको शव भेटिएको हो ।

भर्खरै जन्मिएकी बालिका शिशुको शव कसले फालेको भन्ने नखुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाउने तयारी गरिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*