पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, अवस्था गम्भीर, कामदार पनि मृत भेटिए (अपडेट)

निरन्तर न्यूज
२७ माघ २०७६, सोमबार १३:४६

काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीको श्रीमतीको हत्या प्रयास भएको छ । उनको घरमा काम गर्ने कामदार पनि मृत अवस्थामा भेटिएका छन् ।
ललितपुरको सानेपामा रहेको घरमै उनको हत्या प्रयास भएको प्रहरीले जनाएको छ ।

रगतले लतपतिएको अवस्थामा रहेकी कार्कीकी श्रीमती मुनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।गम्भीर अवस्थामा रहेकी मुनालाई अहिले सानेपामा रहेको स्टार अस्पतालमा उपचारका लागि लगिएको छ ।

आइतबार बिहान पशुपति दर्शन गरेर फर्किने क्रममा कार्कीले श्रीमतीलाई रगत लतपतिएको अवस्थामा फेला पारेका थिए भने कामदार मृत अवस्था फेला पारेका थिए ।त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।प्रहरी स्रोतका अनुसार कार्कीकी श्रीमतीको हत्या प्रयास भएको आशंका छ ।

कामदारले नै कुनै कुरामा चित्त नबुझेर हत्या प्रयास गरेको र पछि आफैले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।मृत भेटिएका कामदार विजय चौधरी दाङका हुन् ।

अर्जुन कार्कीकी श्रीमतीको शरीरमा रगत लतपतिएको अवस्थामा फेला परेको एक प्रहरी अधिकारीले बताए ।घटनाबारे महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाले अनुसन्धान सुरु गरेको छ ।यसअघिको समाचारमा कार्कीकी श्रीमतीको पनि मृत्यु भएको उल्लेख गरिएकाले क्षमायाचनासहित सच्याइएको छ । श्रोत १२ खरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*