पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या, कामदार पनि मृत भेटिए

निरन्तर न्यूज
२७ माघ २०७६, सोमबार १२:३२

काठमाडौँ । सरकारका पूर्वसचिव अर्जुन कार्कीको श्रीमतीको हत्या भएको छ । उनको घरमा काम गर्ने कामदार पनि मृत अवस्थामा भेटिएका छन् । दुवैजनाको शव ललितपुरको सानेपास्थित निवासमा भेटिएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान पशुपति दर्शन गरेर फर्किने क्रममा कार्कीले मृत अवस्थामा दुवैलाई देखेका थिए ।

प्रहरी स्रोतका अनुसार कार्कीकी श्रीमतीको हत्या भएको आशंका छ । कामदारले नै कुनै कुरामा चित्त नबुझेर हत्या गरेको र पछि आफैले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।

मृत भेटिएका कामदार विजय चौधरी दाङका हुन् । अर्जुन कार्कीकी श्रीमतीको शरीरमा रगत लतपतिएको अवस्थामा फेला परेको एक प्रहरी अधिकारीले बताए । घटनाबारे महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाले अनुसन्धान सुरु गरेको छ ।श्रोत १२खरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*