सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

निरन्तर न्यूज
२७ माघ २०७६, सोमबार ११:५६

जनकपुरधाम । सिरहामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सिरहा जिल्लाको नरहा गाउँपालिका वडा नं.५ मा आज (सोमवार)बिहान भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

वडा नं. ५ कै कार्यालयको अगाडि ना ४ ख ९२४१ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता विनोद घिमिरेले जनाएका छन् ।

मृत्यु हुनेमा सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं.३ रमौलका २९ वर्षीय अमन मण्डल र वडा नं. ३ मख्नाका ४५ वर्षीय शैलेन्द्र कुमार मण्डल रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका अमनको उपचारको क्रममा विराटनगरको न्यूरो अस्पताल र शैलेन्द्रको लहानको राउ अस्पतालमा मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा रहेको छ । बसको चालक फरार भएको चालकको खोजी भइरहेको प्रहरी प्रवक्ता घिमिरेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*