हेटौंडामा तरुण दलद्वारा राजमार्ग अबरुद्ध
हेटौंडा । संवैधानिक अंगको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेकपा मोह भएको र राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाएको नेपाली कांग्रेसका भातृ संगठन नेविसंघ र तरुण दलको बागमती प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन गरेको छ ।
अख्तियारले ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको तर नेकपाका नेतालाई जोगाएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सहित नेविसंघ र अन्य भातृ संगठनले आईतबार बागमती प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शनसहित राजमार्ग अवरुद्ध गरेको हुन ।
नेपाल तरुण दलको संयोजनमा कांग्रेसका भातृ संगठनहरु नेविसंघ, महिला संघलगायतले संयुक्तरुपमा पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन राप्ती पुलमा गएर आधा घण्टा पूर्वपश्चिम राजमार्ग अवरोध गर्दै कोणसभामा परिणत भएको थियो ।यस्ता घटनाको विरोधमा केही दिनयता कांग्रेस आन्दोलित छ । कांग्रेसले बिहीबारयता तीन पटक संसद् बैठकसमेत अवरोध गरिसकेको छ । आईतबार दिउँसो १ बजे बोलाइएको बैठक पनि कांग्रेस अवरोधका कारण सुरु हुन सकेन ।