विद्युतीय झड्काबाट १ जनाको मृत्यु

निरन्तर न्यूज
२६ माघ २०७६, आईतवार १२:३६

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१० पटियानिमा विद्युतीय झड्कामा परेर एक जना युवकको मृत्यु भएको छ ।

विद्युतीय झड्का लागेर गम्भीर घाइते भएका ३६ वर्षीय कृष्ण कटुवालको शनिबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका जानकारी दिए ।

पटियानीस्थित सार्वजनिक नर्सरीमा काँडेतार लगाउन खम्बा गाड्न रड सिधा गर्ने क्रममा ११ हजार भोल्ट करेन्टको प्रशारण लाइनमा रडले छुँदा कटुवाललाई विद्युतीय झड्का लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*