नेकपाका नेतृ नेपाली समाजवादी पार्टीमा प्रवेश
तनहुँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला कमिटी सदस्य दुर्गा नेपाली समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।
सत्ता र शक्तिको दुरुपयोग गर्दै जनादेश बिपरित रहि ब्यक्ति र परिवारवाद तिर लागि पार्टीका नेता लागेर चरम भ्रष्टाचारमा लागेको र ईमानदार कार्यकर्तालाई पार्टीमा टिक्न र परिचय दिन पनि लाजमर्दो अबस्था सृजना गरेको भन्दै जिल्ला कमिटि सदस्य नेपालीले नेकपा परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेको बताउनुभयो । नेपालीले पार्टी प्रवेश गरेपछि प्रतिक्रिया दिदै आम उत्पीडित जनताको अधिकार शुनिश्चित गर्न कुनै पनि सम्झौता नगर्ने र सबै उत्पीडित जनताको सम्मानजनक पहिचान,अधिकार, समानता, पुर्ण लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्न प्रतिवद्द भएकाले आफू समाजवादी अभियानमा लागेको बताउनु भयो । नेपालीले भ्रष्टाचार र दुराचारहरुको साथ छाडेर समाजवादी अभियानमा लाग्ने निर्णय गरि समाजवादी पार्टीमा लाग्ने निर्णय गरेको कुरा नव प्रबेशी दुर्गा नेपाली बताइन ।
उहाँलाई पार्टीमा स्वागत गर्दा निकै खुशी लागेको समाजवादी पार्टीका केन्द्रीय सदस्य दलमर्दन कामीले जानकारी दिनुभयो ।