रेडक्रसको हेटौँडा ९ उपशाखामा जनक लम्साल चयन

निरन्तर न्यूज
२५ माघ २०७६, शनिबार ०७:१४

हेटाैँडा । नेपाल रेडक्रस सोसाइटी पशुपतिनगर उपशाखा, हेटौंडा ९ मा जनक लम्साल निर्विरोध चयन भएका छन् ।

११ सदस्यीय कार्यसमितिको सभापतिमा लम्साल सहित उप सभापति रमिला सापकोटा, सचिव पुरुषोत्तम आचार्य, सह सचिव संचिता भट्टराई, कोषाध्यक्ष गोकर्ण सुवेदी, सह कोषाध्यक्ष विश्वनाथ अर्याल चयन भएका छन् । समितिको सदस्यहरु दिपेन्द्र रोक्का,सजना मल्ल, माधव धिमिरे, डवल मर्हजन, भक्त बहादुर बुढाथोकी रहेका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सुर्यचन्द्र न्यौपानेले सपथ गराएका थिए ।

नेपाल रेडक्रस सोसाइटी पशुपतिनगर उपशाखा, हेटौंडा ९ को २० औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन उपशाखाका सभापति लक्ष्मण भण्डारीको सभाध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सुर्य चन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*