रक्सीको नशामा ढुंगाले हानेर हत्यापछि लिंग काटियो: प्रहरी

निरन्तर न्यूज
२४ माघ २०७६, शुक्रबार १२:०८

झापा । विर्तामोड नगरपालिका २ चारपाने चोकदेखि करिब २ सय मिटर दक्षिणमा भारतीय नागरिक सुवान शेखको चिनजानकै साथीले ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

गत सोमबार राति करिब १० बजे विर्तामोड २ चारपानेका एनकुमार राजवंशीको दुईवटा घरको बीचमा रक्सी पिएर उनीहरुबीच विवाद भएको शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको हो।

प्रहरीका अनुसार शेखको हत्यामा संलग्नहरु चारपानेकै २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादव रहेका छन्। उनीहरु पहिलादेखिकै चिनजानका साथी रहेको प्रहरीको भनाइ छ।

हत्या गरिएका शेख भारत बिहारको अररियाका स्थायी बासिन्दा भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

शेखलाई चौधरी र यादव मिलेर ढुंगाले हानी हत्या गरिएपछि विवादका क्रममा शेखले विभिन्न अपाच्य गाली गरेका कारण लिंगसमेत चक्कुले काटिदिएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

त्यसपछि चौधरी र यावदले एनकुमार राजवंशीको परालमा घिसारेर लगेर आगो लगाइदिएको कोइरालाको भनाइ छ।

विभत्स ढंगले हत्या गरेर जलाएको अवस्थामा खेतमा मंगलबार बिहान शेखको शव फेला परेको थियो। तर करिब पूर्ण रुपमा जलेको अवस्थामा पाइएकाले शव पहिचानका लागि प्रहरीलाई निकै गाह्रो भएको थियो।

इलाका प्रहरी कार्यालय अनारमनीमा मंगलबार बिहान करिब साँढे आठ बजे मात्र उक्त घटनाबारे जानकारी आएको थियो।

खबर पाए लगत्तै प्रहरी घटनास्थल पुग्यो र अनुसन्धान थाल्यो। तर जलाइएका मानिसको शव चिन्न सकिने अवस्था थिएन। केही टाढा उनको लिंगसमेत काटेर फालेको प्रहरीले पाएको थियो।

हत्या गरिएका शेख १० बर्षदेखि चारपानेमा रहेका उनका ससुरालीमा बस्दै आएका भए पनि करिब डेढ महिनादेखि एनकुमार राजवंशीको घरको सटरमा भाडामा बस्दै आएका थिए।

अभियुक्त यादवको घरबाट प्रहरीले शेखले प्रयोग गर्ने मोवाइल फोनको सेट र उनले प्रयोग गर्ने सिमकार्ड बरामद गरेको छ। तर उक्त सिमकार्ड टोकेर प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। मोवाइल फोन सेट भने यादवले बाकसमा लुकाएर राखेको प्रहरीको भनाइ छ।श्रोत देश सञ्चार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*