बाग्लुङमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, ३ जनाको मृत्यु

निरन्तर न्यूज
२४ माघ २०७६, शुक्रबार १०:२४

बाग्लुङ । जिल्लाको तमानखोला गाउँपालिकामा जन्ती लिएर आएको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिकाको बोंगादोभानमा जन्ती लिएर आएको ग१त ५७६२ नम्बरको ट्रयाक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दी, मालिका गाउँपालिका–२ का २१ वर्षीया रिता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्, जसमा म्याग्दी मालिका गाउँपालिका–२ का ४८ वर्षीय ममप्रसाद पुन, ४२ वर्षीय खगेन्द्र पुन र ४३ वर्षीय गौमाया पुन छन्।

उनीहरूलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि पाल्पाको मिसन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो।

ट्याक्टरमा ३५ जना सवार रहेको प्रहरीको भनाइ छ।

ट्याक्टर चालक रमेश घर्ती नियन्त्रणमा रहेको र घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*