हेटौंडा १४ मयुरधापमा प्रहरी बिट स्थापना

निरन्तर न्यूज
२३ माघ २०७६, बिहीबार १४:३४

हेटौंडा । बागमती प्रदेशको राजधानी भए लगतै हेटौंडाको विभिन स्थानमा सुरक्षा व्यवस्थालाई मजबुद बनाउन प्रहरीका बिभिन्न ईकाईहरु स्थापना गर्ने काम भैरहेको छ ।

यसै क्रममा आज बिहीबार हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर १४ मयुरधापमा अस्थायी प्रहरी बिटको स्थापना गरिएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रहरी बिटको स्थापनाको शुभारम्भ गरेका थिए ।

वडा १४ का अध्यक्ष दीपक खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत, ४ नम्बर वडा अध्यक्ष राजेश बानियाँ, मकवानपुरका प्रहरी प्रमुख सुशिलसिं राठौर, सानु लामा, सन्तोष चौलागाईं, वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

आफ्नो वडा बजारबाट र इलाका प्रहरी कार्यालयबाट अलि भित्रै परेकोले सुरक्षाको लागि अस्थायी बिटको स्थापना गरिएको वडा अध्यक्ष खड्काले बताए । यहाँ विभिन्न सहकारी संस्थाको कार्यालय सहित वित्तिय संस्थाहरु पनि रहेको र स्थानियको लागि शान्ति सुरक्षा होस्, भन्ने हिसाबले प्रहरी बिट स्थापना गरिएको अध्यक्ष खड्काको भनाइ रहेको छ ।
चमेली माया सिजालीले स्वागत गर्नुभएको कार्यक्रममा १०० बर्षिय बुबा चुडामणि ओलि लगायत वृद्ध वृध्धालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो र शिक्षा क्षेत्र लगायतमा योगदान गर्नेलाई समेत सम्मान गरिएको थियो ।

यस सँगै खेलकुद मैदानको स्तरोन्नतिको गर्न खेलकुद बिकास समितिका अध्यक्ष सानु लामा, वडा अध्यक्ष खड्का, जिल्ला युवा समितिका संयोजक सन्तोष चौलागाई, नरेन्द्र भन्डारी लगायतले मैदानको अवलोकन समेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*