महाअभियोगमा ट्रम्पलाई सफाइ

निरन्तर न्यूज
२३ माघ २०७६, बिहीबार ११:३२

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन् । ट्रम्पलाई उनको पार्टी रिपब्लिकनको बहुमत भएको माथिल्लो सदनले बुधबार सफाइ दिएको हो ।

१८, डिसेम्बर २०१९ मा विपक्षी पार्टी डेमोक्रेटको बहुमत रहेको अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग र संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा औपचारिक रुपमा महाअभियोग लगाएको थियो ।

शक्तिको दुरुपयोग अभियोगमा ५२–४८ मतले ट्रम्पले सफाइ पाए भने संसदको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा ५३–४७ मतले ट्रम्पले सफाइ पाएका हुन् ।

सिनेटमा बुधबार भएको ऐतिहासिक मतदानमा सिनेटले अमेरिकाका ४५ औँ राष्ट्रपतिलाई बर्खास्त नगर्ने पक्षमा मत दिएको हो । दुई अभियोगमध्ये एकमा पनि सिनेटमार्फत ट्रम्प दोषी ठहर भएको भए उनी बर्खास्त हुने थिए र सत्ता उपराष्ट्रपति माइक पेन्सको हातमा जाने थियो । तर, माथिल्लो सदनमा उनको पार्टी रिपब्लिकनको बहुमत भएकोले उनको पद जोगिनुका साथै आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावका लागि उमेदवार बन्‍ने बाटो खुला भएको हो ।

ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप थियो । युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि थियो । राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेको आरोप लगाइएको थियो ।

त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप थियो । तर ट्रम्पले लगातार आफूले कुनै गलत काम नगरेको बताउँदै आएका थिए ।

अमेरिकी इतिहासमा महाअभियोगको सामना गर्ने उनी तेस्रो राष्ट्रपति हुन् ।

ट्रम्पले महाअभियोगबाट सफाइ पाएपछि ट्विट गर्दै महाअभियगमा जित भएकोले अमेरिकी समय अनुसार भोलि १२ बजे दिउँसो ह्वाइट हाउसबाट सम्बोधन गर्ने बताएका छन् । उनले भनेका छन्,’महाअभियोगमा हाम्रो मुलुकको जितको विषयमा छलफल गर्न भोलि १२ बजे ह्वाइट हाउसबाट सार्वजनिक सम्बोधन गर्नेछु

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन् । ट्रम्पलाई उनको पार्टी रिपब्लिकनको बहुमत भएको माथिल्लो सदनले बुधबार सफाइ दिएको हो ।

१८, डिसेम्बर २०१९ मा विपक्षी पार्टी डेमोक्रेटको बहुमत रहेको अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग र संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा औपचारिक रुपमा महाअभियोग लगाएको थियो ।

बमबमबम
शक्तिको दुरुपयोग अभियोगमा ५२–४८ मतले ट्रम्पले सफाइ पाए भने संसदको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा ५३–४७ मतले ट्रम्पले सफाइ पाएका हुन् ।

सिनेटमा बुधबार भएको ऐतिहासिक मतदानमा सिनेटले अमेरिकाका ४५ औँ राष्ट्रपतिलाई बर्खास्त नगर्ने पक्षमा मत दिएको हो । दुई अभियोगमध्ये एकमा पनि सिनेटमार्फत ट्रम्प दोषी ठहर भएको भए उनी बर्खास्त हुने थिए र सत्ता उपराष्ट्रपति माइक पेन्सको हातमा जाने थियो । तर, माथिल्लो सदनमा उनको पार्टी रिपब्लिकनको बहुमत भएकोले उनको पद जोगिनुका साथै आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावका लागि उमेदवार बन्‍ने बाटो खुला भएको हो ।

ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप थियो । युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर उसमाथि दबाब सिर्जना गरेको अभियोग ट्रम्पमाथि थियो । राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन सुरु गर्न आग्रह गरेको आरोप लगाइएको थियो ।

त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप थियो । तर ट्रम्पले लगातार आफूले कुनै गलत काम नगरेको बताउँदै आएका थिए ।

अमेरिकी इतिहासमा महाअभियोगको सामना गर्ने उनी तेस्रो राष्ट्रपति हुन् ।

ट्रम्पले महाअभियोगबाट सफाइ पाएपछि ट्विट गर्दै महाअभियगमा जित भएकोले अमेरिकी समय अनुसार भोलि १२ बजे दिउँसो ह्वाइट हाउसबाट सम्बोधन गर्ने बताएका छन् । उनले भनेका छन्,’महाअभियोगमा हाम्रो मुलुकको जितको विषयमा छलफल गर्न भोलि १२ बजे ह्वाइट हाउसबाट सार्वजनिक सम्बोधन गर्नेछु  ।’-बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*