मोटरसाइकललाई ठक्कर दिएर भाग्यो टिप्पर, २ जनाको मृत्यु

निरन्तर न्यूज
२३ माघ २०७६, बिहीबार १०:२१

काठमाडौं । गएराति कलंकीस्थित अन्डरपासमा टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएको छ। राति पौने १ बजेतिर टिप्परले ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक र यात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा रौतहटका राकेशकुमार चौधरी र मुन्ना चौधरी रहेका छन्।

प्रहरीका अनुसार मृत्यु हुने दुवै रौतहट निवासी हुन्। ठक्कर दिने टिप्पर फरार रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*