आफ्नाे परिकल्पनाको गणतन्त्र स्मारकमा पुगेर बाबुराम भट्टराईले के भने ?

निरन्तर न्यूज
२२ माघ २०७६, बुधबार १४:०३

काठमाडौं । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६८ चैत १४ गते गणतन्त्र स्मारक शिलान्यास गरे । उक्त स्मारक तीन वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको थियो । तर, झण्डै ९ वर्षपछि आगामी गणतन्त्र दिवस अर्थात् ०७७ जे७ १५ गते उक्त सहिद स्मारक सर्वसाधारणको लागि खुला गरिने भएको छ ।

सहिद स्मारकको परिकल्पनाकार डा. बाबुराम भट्टराई सोमबार अपराह्नतिर आफूले शिलान्यास गरेको गणतन्त्र स्मारक घुम्न पुगे । गणतन्त्रका लागि जीवनको बलिदानी दिने सहिदहरुको सम्झनामा मनाइने सहिद दिवसलाई साँच्चै गम्भीर मर्मस्पर्शी ढंगले मनाउने समुचित साझा स्मारकको आवश्यकता महसुस गर्दै आफूले गणतन्त्र स्मारकको अवधारणा अगाडि सारेको बताउँछन् डा. भट्टराई ।

तर, जब उनी प्रधानमन्त्री पदबाट बाहिरिए तब यसको निर्माणको काम पनि अलपत्र पर्न थाल्यो । अन्ततः लामै समय लगाएर भने पनि शहरी विकास तथा भवन निर्माण विभागले सो स्मारक निर्माण गरेको छ ।

सहिद स्मारकमा लोकतान्त्रिक गणतन्त्रको प्रतिकका रुपमा निर्माण भएको स्मारकमा चारवटा खम्बा छन् । राणा शासनको अन्त्यदेखि हालसम्म स्वतन्त्रता प्राप्तिका लागि भएका आन्दोलनका क्रममा ज्यान गुमाएका, हराएका, बेपत्ता पारिएका र अङ्गभङ्ग भएका ज्यूँदा सहिदका नाममा सम्झनास्वरुप खम्बा निर्माण गरिएको हो ।

विभिन्न तश्विरमा गणतन्त्र स्मारक नियाल्दै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*