श्रीमती प्रेमीसँग भागेपछि श्रीमानले पुत्ला बनाएर गरे अन्तिम श्रद्धाञ्जली, छोराले लगाए आगो

निरन्तर न्यूज
२२ माघ २०७६, बुधबार १२:१७

एजेन्सी । भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्र निवासी राजिव कुमारले आफ्नी श्रीमतीको धोकाबाट रुष्ट भएर उनलाई सामाजिक बहिष्कारको सन्देश नयाँ तरिकाले दिएका छन् । श्रीमानको आरोप अनुसार उनकी ३२ वर्षीया श्रीमती आफ्नो प्रेमीसँग भागेकी छिन् । उनी अहिले आफ्ना प्रेमीसँग राँचीमा बसिरहेकी छिन् ।

यसबारे विरोध जताउनका लागि श्रीमानले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक अन्तिम संस्कार गरे । उनका छोराले आफ्नी आमाको पुत्लालाई आगो लगाए । राजिवले अब उनका लागि उनकी श्रीमतीको मृत्यु भइसकेको छ । ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भागिन् ।’श्रोत रातो पाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*