एमसिसि, अनुदान, गहन अध्ययनकाे खाँचाे सँगै प्रवासी नेपालीलाई अपिल
अहिलेकाे समय,काल,परिस्थिति यस्ताे भै सक्याे कि मानिस सामान्य आफ्नै कर्तब्य पालना गर्दा पनि ‘खुन’नै बगाएर ‘गुन’लगाएकाे झै गरी साँवा ,ब्याज र ब्याजकाे स्याज समेत उठाैतिका लागि घुँडा धसेर लाग्छ।
आफ्नै छायाँले माैका पाउदा लुकामारी खेल्छ।फाइदा र घाटकाे हिसाब किताब गर्छ।दुनियाकाे नजरमा भगवानकै नाममा ‘दानै’ दिनेले त सकेसम्म दिएकाे ‘दान’ भन्दा अधिक धन उठाउने,नसके पनि मान-सम्मान’काे भाेक मेटाउन ‘दानकाे बदला नाम ‘काे अपेक्षा राख्दै सके लिखितै नसके अलिखित सम्झाैता गर्ने गर्छ भने अनुदानकाे त झन के कुरा भाे र …? संका गरी ‘अनुदानमा ‘स्वार्थ’ लुकेकाे छ है ‘भनेर ब्यर्थ बहस गरिराख्नै पर्दैन।जाे पारदर्शी रुपमै अन्तरनिहित स्वार्थ कुनै न कुनै रुपमा संझाैतामै समेटिएकै हुन्छ।त्यसलाई बझ्न बस गहन अध्ययनकाे खाँचाे पर्दछ।त्यसैले कुरा स्पस्ट छ कि स्वार्थ मिले संझाैता गर्ने,नमिले नगर्ने।
माथि प्रसंग काेट्याउन खाेजिएकाे बिषय हाे-हाल निकै गरमागरम चर्चा र बहसकाे पाराे शिखरमै पुगेकाे नेपाल र दातृराष्ट्र अमेरिकाकाे बैधानिक सरकारी निकाय एमसिसि(मिलेनियम च्यालेन्ज कर्पाेरेशन)बिचकाे’मिलेनियम च्यालेन्ज संझाैता’काे दातृनिकाय एमसिसिले याे अनुदानलाई अन्तिम बैधानिक मान्यता दिएर कार्यान्वयनमा जान नेपालकाे संसदबाट अनुमाेदन गर्नु पर्ने सर्त राखेकाले त्यसका लागि यतिबेला संघीय संसदमा गहन बहस भैरहेकाे छ। काेही पक्षमा त काेही बिपक्षमा उभिएर बहस गर्दै छन्।काेही माैनता साँधी रहेका छन्।जनता पनि यस बिषयउपर निकै चासाे र चिन्ता देखाउदै बहसमा उत्रिरहेका छन्।कतिले यसकाे मुल मर्मकाे गहन अध्ययन गरेर त कतिले लही लहीमा लागेर यसकाे पक्ष वा बिपक्षमा आफ्नाे मत जारी गरिरहेका छन् भने कति विविध कारणले अझै माैन नै छन्।यस संझाैताकाे बिपक्षीहरु बहस र बिराेधका लागि सडकमा समेत उत्रि सकेकाे अवस्था छ।जुन क्रम घट्दाे हैन बढ्दाे अवस्थामा छ।यस्ताे अवस्थामा देशकाे कुभलाे चिताउने देशी बिदेशी शक्तिहरुले आफ्नाे स्वार्थपूर्तिका लागि बिरालाेले मुसा ढुकेझै गरी चलखेल गर्ने माैका हेरिरहेका हुनसक्छन् भन्ने अनुमान गर्न गाह्राे छैन।साच्चै भन्नु पर्दा देशलाई यतिबेला ठुलाे धर्मसंकट परिरहेकाे छ।आजकाे युगमा स्वाधिनता र स्वाभिमानका नाममा अरुसंग सहकार्यका लागि हातेमालो नै नगरी अघि बढ्न खाेज्नु मुर्खता हुन सक्छ।त्यसमाथि पनि नेपाल जस्ताे सानाे र भुपरिवेष्टिक राष्ट्रलाई त झन निकै गाह्राे छ ।चलायमान बिश्वकाे एउटा कुनामा परेकाे कुनै पनि प्रभाव अन्य कुनै पनि कुनामा धेर थाेर पर्छ नै।त्यसैले एक आपसमा सद्भावनासहितकाे पारसपरिक सहयाेग आदानप्रदान अपरिहार्य नै छ । तर राष्ट्रियताकाे सबालमा कुनै पनि राष्ट्रले सहयाेग स्विकार गर्दा दिनेकाे सहयाेगमा अन्तरनिहित स्वार्थलाई गहन अध्ययन गरी दुरगामी प्रभावकाे शुक्ष्म बिश्लेषण गरिएकै हुन्छ।जाे नेपालले पनि गर्न जरुरी छ।कुनै पनि सहयाेग कसैले लगाएकाे हाउगुजीकाे लही लहीमा लागेर न त अस्विकार गर्नु हुन्छ न त लाेभलालच र डरत्रासमा परेर स्विकार गर्नु नै हुन्छ।दातृराष्ट्र वा दातृनिकायहरुकाे दान,अनुदान वा कुनै पनि सहयाेग स्विकार गर्नु पुर्व गरिने दुरगामी सुक्ष्म बिश्लेषणमा राष्ट्रिया,स्वतन्त्रता,सार्वभौमिकता, स्वाधिनता र राष्ट्रिय अखण्डतालाई सर्वाेपरी ठानी केन्द्रमा राखिनु अपरिहार्य छ।जसकाे मेरुदण्डकाे रुपमा रहेकाे देशकाे पञ्चशिल शिद्धान्त (१)क्षेत्रीय अखण्डता र सार्वभाैमसत्ताकाे सम्मान ।२) आन्तरिक मामलामा अहस्तक्षेप ।३) शान्तिपूर्ण सहअस्तित्व। ४)अनाक्रमण। र ५)समानता र पारस्परिक लाभ)लाई मुल मन्त्र बनाउनु अपरिहार्य छ।जाे बर्तमानमा नेपालका लागि ‘ निर्वकल्प शुत्र’ हाे ।
बर्तमान अवस्थामा नेपालका लागि भारतकाे बिकल्प चीन वा चीनकाे बिकल्प भारत वा यि दुबैकाे बिकल्प पश्चिमा वा पश्चिमाकाे बिकल्प यि दुईमा कुनै एक वा दुबै वा यिनीहरु भन्दा अर्काे कुनै हुनै सक्दैन।हरेककाे आ-आफ्नै बिशिष्ट महत्व छ र साेही अनुसार सबैसंग नेपालकाे दाैत्य सम्बन्ध स्थापित पनि छ।जसलाई रास्ट्रिय स्वार्थलाई सर्वाेपरी ठानी भावी दिनमा पनि देशकाे राष्ट्रियता,स्वतन्त्रता,स्वाधिनता, सार्वभाैमिकता र राष्ट्रिय अखण्डताकाे रक्षा गर्दै समृद्धि भेटाउन अझै जीवन्त र सशक्त बनाई सबैसंगकाे सम्बन्ध र ब्यवहार सन्तुलित राख्नु अनिवार्य छ। अहिले सर्बत्र मिलेनियम च्यालेन्ज संझाैताकाे सबालमा यिनै पेरिफेरीमा रहेर बहस भै रहेकाे छ।यसलाई अन्यथा नलिई एक सचेत नागरिकका हैसियतले राष्ट्रिय हितार्थ आफ्नाे कर्तब्य र अधिकार ठानी राखिएकाे सकारात्मक बिचारका रुपमा स्विकार गर्नु पर्दछ।जसले सही निर्णय गर्नमा महत्वपूर्ण याेगदान पुर्याउछ।यस बिषयकाे निर्णायक बहसमा प्रबासी नेपालीहरुकाे पनि महत्वपूर्ण भुमिका रहन्छ नै।
देश याे निर्णायक घडिमा ठुलाे धर्मसंकटमा परिरहेका बेला प्रवासी नेपालीहरु रमिते र जात्रे भएर माैन बस्नु कदाचित स्वभनीय हुदैन।तन,मन,धन र ज्ञानकाे धनी ठानिएका प्रवासी नेपालीहरुकाे अभिमतले पनि सही निर्णय गर्नमा प्रसस्त मार्गनिर्देश गर्छ भन्नेमा दुईमत छैन।
त्यसैले आम नेपालीमा रहेकाे प्रवासी नेपालीहरुप्रतिकाे आस,विश्वास र साख जाेगाउन र आफ्नाे पनि अधिकार र कर्तब्य ठानी यस महत्वपूर्ण तथा गम्भीर बिषयमा प्रवासी नेपालीहरुले यथासिघ्र चाेसाे ,चिन्ता र सक्रियता देखाउन जरुरी छ।त्यसका लागि बिदेशमा रहेका नेपालीहरुकाे अभिमतकाे प्रतिनिधित्व गर्न त्यहाँ रहेका नेपाल र नेपाली समुदायकाे संघ संस्थाहरुले संझाैतामा अन्तरनिहीत सत्य तथ्य सार्वजनिक गर्न आफ्नाे सक्रियता देखाउन अब बिलम्व गर्नु हुदैन।एमसिसिप्रति कुनै आग्रह वा पुर्वाग्रह नराखी प्रस्तावकाे गहन अध्ययन गरेर याे अनुदान स्विकार गर्दा वा अस्विकार गर्दा वा मध्यमार्ग अपनाउदा त्यसले पार्न सक्ने दुरगामी प्रभावलाई मध्यनजर गर्दै आफ्नाे देशकाे हितलाई केन्द्रमा राखेर संस्थागत धारणा सार्वजनिक गर्नु पर्ने र आवश्यक पर्दा थप कदम चाल्नका लागि पनि तयार हुनु पर्ने आवश्यकता ठान्दछु।
जसले गर्दा भविश्यमा हुने जुन सुकै निर्णयमा सक्रिय भूमिकाकाे अनुभूति गर्न सकियाेस्।साथै,त्यसबाट हुने जुनसुकै परिणामकाे हकदार र भागेदान बन्न तयार हुन सकियाेस् । तसर्थ, त्यसका लागि एक आम नागरिककाे हैसियतले याे संकटकाे घडिमा बिदेशमा रहेका सम्पूर्ण सराेकारवालाहरु( नेपाल र नेपाली समुदायसंग सम्बन्धित संघ संस्थाहरु)लाई यथासिघ्र आवश्यक कदम चाल्न प्रवासबाटै हार्दिक अपिल गर्दछु ।
हेटाैँडा, मकवानपुर हाल : बाेस्टर्न अमेरिका