बोलेरो दुर्घटना हुदा, एक जनाको मृत्यु , १३ घाइते

निरन्तर न्यूज
२१ माघ २०७६, मंगलवार १४:११

सुर्खेत । सुर्खेतको फेदखोलामा बोलेरो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय खुर्खेतले जनाएको छ ।

राहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको वडा नं.१४ को सिमाना फेदखोला स्थित कर्णली प्रदेश ००२–००१ ज ००१५ नम्बरको बोलेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बराहताल गाउँपालिका वडा नं. ७ का ७४ वर्षीय दशरथ शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले बताए ।

घाइतेको अहिले माया नर्सिङ होम र देउती नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*