जलेको अवस्थामा शव फेला

निरन्तर न्यूज
२१ माघ २०७६, मंगलवार १२:४६

झापा । झापाको बिर्तामोड नगरपालिका, चारपानेमा जलेको अवस्थामा शव भेटिएको छ ।अपराधस्थल नजिकै बस्ने एक पुरुष हराइरहेकाले प्रहरीले उनकै शव हुनसक्ने आशंका गरेको छ ।

यद्यपि, पुष्टि भइनसकेकाले परिचय खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार हराइरहेका व्यक्ति सामान्य मजदूरीको काम गर्थें ।

घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरीले संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट विशेषज्ञ कुकुर मगाइएको छ । ‘केहीवेरमा तालिम प्राप्त कुकुर पनि त्यहाँ आइपुग्छ, अनि विस्तृत कुरा खुल्ला’, कोइरालाले अनलाइनखबरसँग भने ।

प्रारम्भिक अनुसन्धानमा उनलाई हत्यापछि जलाइएको हुनसक्ने आशंका गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*