श्रीमतिले आत्महत्या गरेको खबर थाहा पाएपछि २ छोरीसहित श्रीमानको आत्महत्या

निरन्तर न्यूज
२१ माघ २०७६, मंगलवार १२:३६

चेन्नई। भारतको तमिलनाडुमा रहेको भेल्लोरमा एक ३० वर्षीय युवकले आफ्ना दुई छोरीसहित आत्महत्या गरेका छन् ।

सोमबार बिहान यो आत्महत्या भन्दा अगाडि उनकी पत्नीले घर झगडाबाट दिक्क भएर आत्महत्या गरेकी थिइन् । श्रीमतिको आत्महत्याबाट दुःखी ती युवकले आफ्ना दुई छोरीलाई लिएर रेल अगाडि हाम फालेका हुन् । घटनामा परी तीनैजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आत्महत्या गर्ने युवकको पहिचान सार्वजनिक गरेको छ । उनकी पत्नीले पारिवारिक झगडापछि झुन्डिएर आत्महत्या गरेकी थिइन् । पत्नीको मृत्युबाट दुःखी उनले साँझ ७ बजेतिर दुई छोरीलाई लिएर आत्महत्याको बाटो रोजे । उनले २ वर्षीया छोरी सञ्जना र १ वर्षीया छोरी रितिकाको पनि ज्यान लिए ।

प्रहरीले शवको पहिचान गरी परिवारलाई खबर गरेको थियो । एकैदिन एकै परिवारका ४ जनाको मृत्युमा कारण एउटा टोल नै शोकमा डुबेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*