यी हुन्,अजिता हत्यामा संलग्न पाँच जना सार्वजनिक

निरन्तर न्यूज
२१ माघ २०७६, मंगलवार १०:४१

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा-११ की अजिता भुजेलको हत्या संलग्न ५ जनालाई सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न भई प्रहरीले पक्राउ गरेको हेटौंडा ११ बस्ने २० वर्षकी एलिसा पाख्रिन, हेटौंडा ४ बस्ने २४ वर्षका आशिष बल, हेटौंडा १४ बस्ने २१ वर्षका  बुद्ध लामा, हेटौंडा ९ बस्ने १८ वर्षका  सिमोन परियार र हेटौंडा ४ बस्ने २५ वर्षका शुसिल थापामगर रहेका छन्। प्रहरीका अनुसार ना६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसंग हेटौंडा-११ थानाभर्याङमा ७ हजार रूपैयाँमा यौन सम्पर्क गरि विवाद भएपछि उनीहरूसहित ४ जनाले हत्या गरेका थिए । हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेका थिए ।

अजिताको हराएको मोबाइल परियारले बुद्ध लामाले साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी श्रीमती एलिसालाई दिएका थिए । सोही मोवाईल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो । घटनामा संलग्न २ जना फरार रहेका छन् । महानगरीय प्रहरी महाशाखा टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्तलाई पक्राउ गरेको मकवानपुरका प्रमुख (एसपी) शुसिलसिंह राठौरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*