दोलखाका तत्कालिन प्रजिअ रिजालविरुद्ध भ्रष्टाचारका पाँच मुद्दा

निरन्तर न्यूज
२० माघ २०७६, सोमबार १६:३१

काठमाडौंं । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजालविरुद्ध विभिन्न पाँच वटा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजालविरुद्ध चार वटा घुस र अर्को अनुगमनमै नगई भत्ता बुझेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस मागेको आरोप लागेपछि रिजाल निलम्बनमा परेका थिए । उनले विभिन्न मुद्दासम्बन्धी लाग्ने र कारागारको बस्नु पर्ने त्रास देखाई बार्गेनिङ गर्ने गरेको र फरक–फरक सेवाग्राहीसँग ५० हजार, ९० हजार, ३५ हजार र चार लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले जनाएको छ ।

यस्तै रिजालले अनुगमनमा नगई अनियमित तरिकाले ७७ हजार ६०० भ्रमण भत्ता समेत लिएको पाइएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*