नदीमा डुबिरहेको अवस्थामा एक किशोर मृत फेला

निरन्तर न्यूज
२० माघ २०७६, सोमबार १४:१३

काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ ज्याम्दीका सौरव पराजुली मृत फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान घरबाट खेल्न भनेर निस्केका सौरव आज दिउँसो नदीमा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी र स्थानीय बासिन्दाले खोजतलासको क्रममा आज इन्द्रावती नदीमा डुबिरहेको अवस्थामा १६ वर्षीय सौरवलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए ।

सौरवको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*