माटोको ढिस्कोले पुरिएर कठेतको मृत्यु

निरन्तर न्यूज
२० माघ २०७६, सोमबार १२:५७

काठमाडौं । मोरङमा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ ।

बुढिगंगा गाउँपालिका-६ तिलाठीकी ५३ वर्षीय चन्द्रकुमारी कठेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।आइतबार अपराहृन घर नजिकैको खोलामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर कठेत घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा आइतबार राति एक बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*