हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

निरन्तर न्यूज
२० माघ २०७६, सोमबार ११:१५

धम्बोझी । बर्दिया राजापुर नगरपालिका–१० भगतपुर बस्ने एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

८८ नम्बरको पिलरको सीमा जङ्गलमा खर काटी फर्कने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी नेपालको दशगजाभित्र भगतपुर बस्ने ४९ वर्षका लक्ष्मीप्रसाद थारुको मृत्यु भएको हो ।

हात्तीको आक्रमणबाट सोही स्थानकी २९ वर्षकी उमा चौधरी घाइते भएकी छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको राजापुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*