प्रेम दिवसमा लोकप्रिय गुलाफको फुलको सन्देश

सुपेन्द्र बस्नेत
१९ माघ २०७६, आईतवार २०:१७

बाेस्टर्न, अमेरिका ।  हरेक बर्ष अंग्रेजी क्यालेन्डर अनुसार फ्रेबुअ्ररी १४ तारिखका दिन भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस मनाउने गरिन्छ ।

जसलाई नेपालीमा प्रणय दिवस पनि भन्ने गरिन्छ । यो दिन नजिकिदै गर्दा यसको चहल पहल पनि बढ्दै गइरहेको छ । यस दिनलाई यादगार र उपलब्धिमुलक बनाउन आवश्यक योजना बनाई त्यसका लागि आवश्यक तयारी समेत सुरु भैसकेको छ । पहिले पश्चिमेली संस्कृति र चाडकारुपमा मात्र पहिचान बनाएको यो दिवस केही बर्ष यता विश्वब्यापीकरण हुन सफल भएको छ । यतिबेला यसको प्रभाव विश्वको जुनसुकै कुनामा धेर थोर परेको छ । यसबाट पुर्वेली समाज पनि अछुतो रहन सकेको छैन ।

पछिल्ला बर्षहरुको अवस्था हेर्दा पूर्वेली समाजले पनि यो दिवसलाई पश्चिमेली समाजले झै निकै महत्व दिदै तामझाम र हर्षोल्लासका साथ मनाउन थालेको पाइन्छ । यो दिवसलाई अबिबाहितहरुले आफुलाई मन परेकालाई प्रेम प्रस्ताव गर्ने, प्रेम सम्बन्धमा परेकाहरुले एक आपसको प्रेम संबन्धलाई अझ कसिलो, विस्वसनीय र परिपक्व बनाउने, प्रेम सम्बन्ध कसिलो भैसकेकाहरुले सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गर्ने, दाम्पत्य जीवन बिताई रहेकाले दाम्पत्य जीवनयात्रालाई अझ सुखमय,आनन्दमय र दिर्घायु बनाउने गरिन्छ । साथै विदुर विदुषीहरुले आफ्ना दिवंगत जीवनसाथीको संझना गर्दै मृत आत्माको चीर शान्तिको लागि प्रार्थना गर्ने एक महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्ने गरेको देखिन्छ ।

प्रेम प्रस्ताव गर्न, प्रेम सम्बन्धलाई अझ कसिलो बनाउन र दाम्पत्य जीवनलाई सुखमय,आनन्दमय र दिर्घायु बनाउन प्रार्थना गरिएको र आफु प्रेममा समर्पित भएको प्रमाणका रुपमा मनोभावना ब्यक्त गर्नका लागि मुख्यगरी प्रेमपत्र, उपहार, कार्ड र गुलाफको फूलको सहायता लिने गर्दछन् । हिलो आज यस्ता प्रेमरुपी मनोभावना ब्यक्त गर्न प्रभावकारी सञ्चार माध्यमका रुपमा फोन तथा सामाजिक सञ्जालहरुको पनि भरपुर उययोग हुने गरेको छ । हिजो आज यो दिवस सबै उमेर समुहले धेर थोर मनाउने गरेका भए पनि मुख्य गरी युवापुस्तामा यो दिवसले बढी प्रथामिकता पाउँदै गइरहेको छ । त्यसो त कोहीले यस दिवसको मर्मलाई बुझेर बनाउने गर्दछन् त कोहीले लहै लहैमा । दिवसको मर्म विपरित रमाईलोका लागि मात्र मनाउनेको जमात पनि कम छैन । यसको समाजमा निकै नकारात्मक प्रभाव पार्दै गइरहको यर्थाथलाई भने नकार्न सकिदैन । यद्यपी, यो दिवसले दिन प्रतिदिन निकै चर्चा र महत्वका साथ अफ्नो क्षेत्र बिस्तार गर्दै गएको कुरा पनि सत्य नै हो ।

मुख्यगरी यस दिवसका अवसरमा मायाको प्रतिनिधित्व गर्ने मुटुको चित्र र गुलाफको फूललाई अत्यधिक प्रयोग गरिन्छ । विभिन्न रंगका गुलाफको फूल आदान प्रदान गरेर मायाँको भावना साटासाट समेत गर्ने गरिन्छ । गुलाफको फूलको विभिन्न रंग र प्रकृतिले भिन्न भिन्न अर्थ सहित संदेश प्रभाव गर्ने विश्वास पनि गरिन्छ । जसको बारेमा कतिपयलाई थाहा नहुन पनि सक्छ ।

विभिन्न रंगका गुलाफका फूलहरुको माध्यमबाट डेढ सय भन्दा बढी भिन्न भिन्न सन्देश प्रवाह गर्न सकिन्छ । जसको एक पुस्तक नै तयार भएको छ । अतः यस बर्षको आउदै गरेको प्रेम दिवसको स्मरण सहित सबैलाई शुभकामना ब्यक्त गर्दै हरेकको प्रेम दिवस बढी भन्दा बढी प्रभावकारी र फलदायी बन्न सकोस् भन्ने उद्देश्यले कस्तो रंग र प्रकृतिको गुलाफको फूलले के सन्देश प्रवाह गर्छ भन्ने विभिन्न स्रोतबाट संकलित केही संक्षिप्त जानकारी दिने प्रयास गरेको छु ।

     गुलाफ                                                                               सन्देश
रातो गुलाफ                                                                         म तिमीलाई निकै मायाँ गर्छु ।
सेतो गुलाफ                                                                         हाम्रो प्रेम पवित्र र निश्चल छ ।
पुरा फुलेको गुलाफ                                                               तपाई निकै सुन्दर हुनुहुन्छ ।
पुरा फक्रिएको गुलाफको साथमा दुई वटा कोपिला गुलाफ     सुरक्षाको सन्देश दिन्छ ।
सेतो गुलाफको कोपिलाले                                                      प्रेमको लागि परिपक्वता नभएको ।
पहेलो गुलाफ                                                                        म तिमीलाई मन पराउछु तर तिमी मलाई …….?
सुन्तला रंगको गुलाफ                                          मेरो प्रेम अनन्तसम्मका लागि हो, म केबल तिम्रो मात्र।
चारवटा गुलाको पात सहितको गुच्छाले                                  शुभकामना मात्र ब्यक्त गर्दछ ।
काँडा सहितको डाँठ भएको कोपिला गुलाफ                             म तिमीलाई मायाँ गरिरहन्छु कसैसँग डर छैन ।
काँडा मात्र भएको गुलाफको डाँठ                                             तिम्रो सुन्दरतामा मदहोस छु ।
लामो डाँठ भएको रातो गुलाफ                                                   म अझै तिमीलाई मायाँ गरिरहेको छु ।
चमेलिया गुलाफ                                                                      एक तर्फि मायाँ ।
पुर्ण रुपले फक्रिएको गुलाफको गुच्छा                                       म तिमीप्रति अभारी छु र तिम्रो श्रद्धा गर्छु ।
गुलाफको कोपिला                                                                     म पनि मायाँ गर्छु ।
फक्रिएको गुलाफ                                                                       म तिमीलाई सम्झिरहेको छु ।
रिबनमा बाँधिएको गुलाफ                                                         प्रेमका सम्बन्धमा छिनोफानो भै सकेको ।
दुई वटा कोपिलाको साथमा एउटा फक्रिएको गुलाफ                   प्रेमलाई गोप्य राख्ने संदेश ।
ओइलाएको सेतो गुलाफ                                                            म तिमीलाई मायाँ गर्दिन ।

हेटौँडा, मकवानपुर, हाल बोस्टर्न अमेरिका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*