बामदेव गौतम बने नेकपाको उपाध्यक्ष

निरन्तर न्यूज
१९ माघ २०७६, आईतवार १६:५१

काठमाडौँ । नेकपाका सचिवालय सदस्य वामदेव गौतम पार्टीका उपाध्यक्ष बनेका छन् । बुधवारबाट राजधानीमा जारी केन्द्रीय कमिटी बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै गौतम उपाध्यक्ष बनेका हुन् ।

गौतमलाई गत असोजको सचिवालय बैठकले उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेको थियो । स्थायी समितिबाट उक्त प्रस्ताव पारित गर्दै केन्द्रीय समितिमा लगेर गौतमलाई उपाध्यक्ष बनाइएको हो । गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा ल्याएर वैधानिक प्रक्रिया पुरा गरिएको हो ।

केन्द्रीय कमिटी बैठकले सर्वसम्मत रुपमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए । विधान संशोधनसँगै उपाध्यक्षका काम, कर्तव्य र अधिकार पनि व्यवस्थित गरिएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*