स्कारपियो गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

निरन्तर न्यूज
१९ माघ २०७६, आईतवार १२:४५

नेपालगञ्ज । बाँकेमा स्कारपियो गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । कोहलपुरको न्यू सिटी अगाडि बा १५ च ७४६१ नम्बरको स्कारपियोले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन सकेको छैन । घटना गएराती १० बजेको हो । पश्चिमबाट पूर्वतिर आइरहेको स्कारपियोले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

स्कारपियो गाडीको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । मृतकको शव अहिले पनि मेडिकल कलेजमा रहेको छ ।

साइकलयात्रीलाई ठक्कर दिने स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*