रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

निरन्तर न्यूज
१९ माघ २०७६, आईतवार ११:०४

काठमाडौं । काठमाडौंको कलङ्की नजिकै खसी बजारमा रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीले जाँचका लागि रोकेको टिप्परमा मोटरसाइकल ठोक्किँदा कीर्तिपुरको मच्छेगाउँका शैलेस बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार राति १० बजे बा ४ ख ३६६९ नम्बरको टिप्परमा बा ६६ प ४४९० नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका बस्नेतको बल्खुको वयोधा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीले टिप्पर चालकलाई पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*