हेटौंडाको जेनिथको दुई वटा स्कूल बसमा आगलागी

निरन्तर न्यूज
१९ माघ २०७६, आईतवार १०:५३

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल स्कूलको बसमा शनिबार बेलुकी आगलागी भएको छ ।
स्कूलको कम्पाउण्डभित्र रहेको २ वटा बसमा आगलागी भएको हो । बेलुकी करिब ९ बजेतिर ना७ख ८७२८ र ना१क ३२१८ नम्बरको बसमा आगलागी भएको स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट ८७२८ नम्बरको बस पूर्ण रुपमा क्षति भएको जनाईएको छ  । स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको छ ।

बसमा आगलागी भएको वा आगजनी गरिएको भन्ने विषयमा अझै नखुलेको  प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक अमर गज्मेर र सुरेन्द्र श्रेष्ठसहितको टोली पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*