बस र माइक्रोबस ठोक्किँदा चालकसहित तिन जनाको मृत्यु , ७ जना घाइते

निरन्तर न्यूज
१९ माघ २०७६, आईतवार १०:३५

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।

बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस आइतबार बिहान ठोक्किएका हुन् ।

दुर्घटनामा हाइस माइक्रो बसका चालक र दुई जना यात्रुको मृत्यु भएको प्रदेश नम्बर १ का ट्राफिक प्रहरी प्रमुख एसपी भिम दाहालले जानकारी दिए ।

एकजना महिला, दुईजना पुरुषको मृत्यु भएको तर उनीहरुको परिचय नखुलेको एसपी दाहालले जानकारी दिए । मृतक र घाइतेहरु सबै माइक्रो बसका हुन् ।

घटनास्थलमा प्रहरीले उद्धार कार्य जारी राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*