श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

निरन्तर न्यूज
१७ माघ २०७६, शुक्रबार १६:५६

पोखरा। श्रीमतीको कुटाइबाट वागलुङमा श्रीमानको ज्यान गएको छ । जिल्लाको तमानखोला गाउँपालिका–१ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

गए राति रविलाल र उनकी ६० वर्षीया श्रीमती जमुना विकबीच घरायसी कुरामा विवाद हुँदा स्थिति हात हालाहालसम्म पुगेको थियो । हात हालाहाल हुने क्रममा श्रीमान रविलाल विक भित्ताको ढुङ्गामा ठोक्किन पुगेका थिए ।

श्रीमतीको धक्का खाएर ढुङ्गामा ठोक्किएका रविलालको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । जमुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*