जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,१ घाइते

निरन्तर न्यूज
१७ माघ २०७६, शुक्रबार १५:००

काठमाडौं । वीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ खनियाखर्कमा शुक्रबार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका-६ का अन्दाजी ३३ वर्षीय सूर्यनारायण चौधरी रहेका छन् ।

पूर्वबाट काठमाडौंतर्फ गइरहेको स १ च १००९ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना हुँदा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिपका चालक सोही ठाउँ बस्ने ३० वर्षीय महमद अफरोज गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*