बसको ठक्करबाट मकवानपुरमा एक को मृत्यु, २ घाईते

निरन्तर न्यूज
१७ माघ २०७६, शुक्रबार १२:२३

हेटौंडा ।मकवानपुरको हेटौंडा–११ थानाभयाङमा बसले लाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

हेटौंडा बजारबाट नवलपुर तर्क जादै गरेकोना १ क ७००६ नम्बरको सनसाइन इङ्लिस बोर्डिङ स्कुलको बसले नवलपुरबाट हेटौंडा बजारतर्फ आउदै गरेको ना १ ह६२९१ नम्बरको अटोलाइ ठक्कर दिँदा गम्भीर घाइते भएका अटोमा सवार हेटौंडा ३ का ३५ बर्षीय सागर पाख्रिन मुत्यु भएको हो। उनको उपचारको क्रममा हेटौडा ११ चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले बताएका छन् ।

उक्त दुर्घटनामा परी अटो चालक बैतडी घर भइ हेटौंडा ११ मा डेरा गरी बस्ने ३७ बर्षीय जय बहादुर महरा र मुतक पाख्रिनका छोरा १४ बर्षीय मनोज पाख्रिन घाइते भएको र उनिहरूको चुरेहिल अस्पतालमै उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता कार्कीले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*