नेता बानियाँद्वारा गुम्बाको भवन शिलान्यास

निरन्तर न्यूज
१७ माघ २०७६, शुक्रबार ०८:२६

हेटौंडा । बागमती प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले विहीबार हेटौंडा १९ नेवारपानीस्थित डोदोन छ्योईलिङ बौद्ध गुम्बाको भवन शिलान्याश गर्नुभएको छ ।
गुम्बाका अध्यक्ष बीरबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अथिति नेता बानियाँले गुम्बाको चौथो वार्षिक पूजा समापन तथा २८५६ औं सोनाम ल्होसार विशेष सांस्कृतिक कार्यक्रम उद्घाटनसँगै भवनको शिलान्याश गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै कांग्रेस मकवानपुरका सभापति समेत रहेका नेता बानियाँले नेपालमा विभिन्न जातजाती र धार्मिक आस्था भएकाहरुको बसोबास रहेको देश भएकाले आ–आफ्नो धर्म मान्न छुट भएको बताउँदै आफूले क्षेत्र विकासको केही रकम गुम्बा निर्माण सहयोग गरेको बताउँदै आवश्यक परे अरुपनि रकम थप गर्ने बताउनुभयो ।

नेता बानियाँले आफ्नो क्षेत्र विकासको रकमबाट २० लाख र अन्य स्थानीयहरुसंग सहयोग जुटाईएको रकमबाट भवन निर्माण गरिन लागिएको हो ।

कार्यक्रममा १९ नम्बर वडा अध्यक्ष नवराज सुवेदी, प्रमूख धर्मगुरु प्रेम दोर्जे बल, धर्मगुरु सोइनम दोर्जे लामा, शालिकराम अधिकारी, विष्णुलाल स्याङतान, धनबहादुर गुरुङ, पेमा साङ्गे लामालगायतले बोल्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*