मकवानपुरमा ६३ किलोग्राम गाँजा र तीन सय ग्राम अफिमसहित दुई पक्राउ

निरन्तर न्यूज
१६ माघ २०७६, बिहीबार १४:१५

हेटौंडा । मकवानपुर जिल्ला प्रहरी कार्यलयले ६३ केजी लागूऔषध गाँजा र अफिमसहित दुई जनालााई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा पर्सौनी गाउँपालिका वडा नं.६ बस्ने २८ बर्षीय रामजी साह तेली आदर्श कोतवाला गाउँपालिका वडा नं.२ बस्ने ३० बर्षीय प्रेम पटेल रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षक राजेश कुमार यादवको कमाण्डमा खटिएको टोलिले हेटौंडा–१९ नेवारपानी स्थित पूर्वपश्चिम लोकमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रहरी टोलीले बुधबार राती साढे ९ बजे ६३ केजी गाँजा र ३ सय ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको हो ।

मनहरीबाट हेटौंडा तर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्बरको बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीको पछाडीको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको २१ वटा प्लास्टिकले बेरेको पोकामा ६३ केजी गाँजा र ३ सय ग्राम अफिमसहित फेला परेपछि निजहरुलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाइएको छ ।

प्रहरीले बरामद गरेको गाडी ,गाँजा रअफिसहित दुईजनालाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान तथा कारबाही भइरहेको मकवानपुर प्रहरीले जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*