बोराले च्यापेर एकै परिवारका ४ जनाको मृत्यु

निरन्तर न्यूज
१६ माघ २०७६, बिहीबार १३:०१

रुपन्देही । रुपन्देहीमा बोराले च्यापेर एकै परिवारका चार जनाको ज्यान गएको छ। बोराको थुप्रोले च्याप्दा भारत बिहारका ३० वर्षिय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षिया सद्धव खातुन, ६ वर्षिय छोरा सुल्तान रजा र २ बर्षिय छोरी सहिना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका बडा नम्बर ६ गल्लामण्डी पिपरहियामा आफैंले संकलन गरेर राखेको बोराले थिचेको अवस्थामा उनीहरु बिहीबार बिहान मृत फेलापरेका थिए। घरको सटर भित्र तीनतर्फका भित्तामा बोराको चाङ र बीचको साँघुरो ठाउँमा सुतिरहेका उनीहरुमाथि बोरा चिप्लिएर थिच्दा सास फेर्न नसकेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।

रुपन्देही प्रहरीका अनुसार हुसेन परिवारले बिगत १५र२० वर्षदेखि कवाडीका बोरा जम्मा गर्ने र बोरा सिलाएर बिक्रि बितरण गर्दै आएका थिए । उनीहरुको शव पोस्टमाटमका लागि भैरहवास्थित भिम अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*