ट्याक्टरबाट लडेर मुडियारीको मृत्यु

निरन्तर न्यूज
१६ माघ २०७६, बिहीबार १२:५०

विराटनगर । मोरङको कटहरी गाउँपालिका ७ थलाहामा ट्याक्टरबाट लडेर बुधबार साँझ एकजनाको मृत्यु भएको छ। रंगेलीबाट कटहरीतर्फ आउँदै गरेको को १ त २५८९ नम्बरको ट्याक्टरबाट लडेर कटहरी-७ का २२ वर्षीय अर्पल मुडियारीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएपछि उपचारका लागि विराटनगरको कोशी अस्पतालतर्फ ल्याउँदै गर्दा साँझ ७ स् ३० बजे मुडियारीको बाटैमा मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले बताए।

चालक फरार रहेको र ट्याक्टर नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*