बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

निरन्तर न्यूज
१६ माघ २०७६, बिहीबार ११:४१

चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ३२६ नम्बरको बसले बुधबार पैदलयात्रीलाई ठक्कर दिएको थियो । घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको , मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको र बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । -रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*